यो गणतन्त्रेको नौटङकी नाटक भन्दा त राजतन्त्र र हिन्दुराष्ट्र नेपालको लागी हजारौ गुणा सही

यो गणतन्त्रेको नौटङकी नाटक भन्दा त राजतन्त्र र हिन्दुराष्ट्र नेपालको लागी हजारौ गुणा सही

वि.सं. २०४६ सालपछिको एउटा सानो आँकडाअमेरिका–रोनाल्ड रेगन, जर्ज बुश, बिल क्लिन्टन, जर्ज डब्लु बुश, बाराक ओबामा र डोनाल्ड ट्रम्प र जो बाइडेन गरी जम्मा ७ जना राष्ट्रपति भए ।

वेलायत–मार्गरेट थ्याचर, जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेबिड क्यामरुन र थेरेसा मे र बोरिस जोनसन गरी ७ जना प्रधानमन्त्री भए ।

फ्रान्स–फ्रान्को मिटेरान्ड, ज्याक सिराक, निकोलास सारकोजी, फ्रान्सिस होल्याण्ड र इमानुएल म्याक्रोन गरी जम्मा ५ जना राष्ट्रपति भए ।

अब नेपाललाई हेरौँ–कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द (तेश्रोपटक), सूर्यबहादुर थापा (चौंथोपटक), गिरिजाप्रसाद कोइराला (दोश्रोपटक), कृष्णप्रसाद भट्टराई (दोश्रोपटक), गिरिजाप्रसाद कोइराला (तेश्रोपटक), शेरबहादुर देउवा (दोश्रोपटक), ज्ञानेन्द्रको प्रत्यक्ष शासन, लोकेन्द्रबहादुर चन्द (चौंथोपटक), सूर्यबहादुर थापा (पाँचौंपटक), शेरबहादुर देउवा (तेश्रोपटक), ज्ञानेन्द्रको प्रत्यक्ष शासन, गिरिजाप्रसाद कोइराला (चौंथोपटक), गिरिजाप्रसाद कोइराला (पाँचौंपटक), पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशिल कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल (दोश्रोपटक), शेरबहादुर देउवा (चौंथोपटक), केपी शर्मा ओली (दोश्रोपटक)



२०४६ सालपछि १४ जना व्यक्तिहरू २७ पटक प्रधानमन्त्री वा कार्यकारी भए । यो लिष्टमा नामहरू जति थपिँदै गए, त्यति नै नेपालीका दुःख र कष्टका दिनहरू पनि थपिए । यो त देशको सर्वोच्च कार्यकारी पदमा पुग्नेको लस्करको तालिका मात्रै हो । योभन्दा अलिकति तल हरेक राजनैतिक पार्टीका नेता हुन खाज्नेको तालिकामा पनि यो विशेषता कायम छ ।

राजनीतिको सबैभन्दा उपल्लो तहदेखि साधारण सदस्यको तहसम्म पनि यो रोगको माहामारी ज्यूँकात्यूँ छ । देश किन बनेन ? भनेर जोकोही नेपालप्रति माया र सद्भाव राख्ने व्यक्तिले सोध्यो भने उनीहरूलाई धेरै लामो कुरा नगरिकन यही लिष्ट देखाइयो भने काफी हुन्छ जस्तो लाग्छ । यो लिष्टमा मान्छेको नाम छोटो अवधिमैँ बारम्बार दोहोरिँदा वा तेहेरिँदा व्यक्तिगत रूपमा कसैलाई गौरवको महसुस त होला तर यसले विश्वमा हाम्रो छवि धूलिसात भएको हेक्का नहुनुले पनि नेपालको अधोगति जारी रहेको प्रष्टसँग व्याख्या गर्न काफी छ जस्तो लाग्छ ।

मृत्युशैय्यामा नपुुगुञ्जेल सत्ताको तर चाटिरहने प्रवृत्ति रहेको हाम्रो देशमा यो रीत परिवर्तन हुने सङ्केत नदेखिनु साह्रै दुःखद् कुरो हो । त्योभन्दा पनि दुःखद् विषय भनेको वि.सं. २०७२ को संविधान आएपछि यो अवस्थामा परिवर्तन हुने आश्वासन त नेताहरूले दिए तर व्यवहारिक रूपमा भने अवस्था ज्यूँकात्यूँ हुनु नै हो ।

– Kom Khatri को wall बाट साभार,यो गणतन्त्रेको नौटङकी नाटक भन्दा त राजतन्त्र र हिन्दुराष्ट्र नेपालको लागी हजारौ गुणा सही..


आखिर भेडा को हो त? अभिभावक त्यागेर के पाए?


फेसबुक प्रयोग गरेर प्रतिक्रिया प्रदान गर्नुहोस्

Leave a Reply