मदन भण्डारी र अमर लामाको हत्या माधव-प्रचण्डले घटाएको मन्त्री भट्टको दाबी

मदन भण्डारी र अमर लामाको हत्या माधव-प्रचण्डले घटाएको मन्त्री भट्टको दाबी

धनगढी। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा ओली पक्षीय नेता लेखराज भट्टले मदन भण्डारी र अमर लामाको हत्यामा माधव नेपाल र पुष्पकमल दाहालको भूमिका रहेको हुन सक्ने बताएका छन्। हत्याकाण्ड पछि अहिले सम्मको परिस्थिति हेर्दा भण्डारी र लामाको हत्या पछाडी दुई जनाको हात रहेको घटनाक्रमले पुष्टी गरेको बताएका हुन्।

‘मदन भण्डारीको हत्यामा कहिँ न कहिँ षड्यन्त्रमा केपी ओलीको छ भनेर बाहिर हल्ला फिजाइएको थियो। पछि बुझ्दै जाँदा त त्यतिखेर नेतृत्वमा त माधव नेपाल हुनुहुने रहेँछ’, उनले भने।

त्यस्तै, अमर लामालाई माओवादीले कुनै रिसिवी बिनै मारेको भन्नुले पनि षड्यन्त्र तर्फ इंगित गर्ने उनले बताए। भट्टले प्रचण्डको निर्देशनमा नेपालसँगको सहमतिमा लामा मारिएको तर्फ संकेत गरे।

‘अमर लामाको चाहिँ हत्या कसरी भयो? त्यसमा खासै कुरा बाहिर आएको छैन। मदन भण्डारीसँगै भएको जिवित मान्छे अमर लामा थिए। पछि उनलाई हाम्रै माओवादी साथीहरुले समाते। भाग्न खोज्दा मर्‍यो भनेको छ। मारियो। तर, यथार्थ के हो अहिले पनि आएको छैन’, उनले भने।

फेसबुक प्रयोग गरेर प्रतिक्रिया प्रदान गर्नुहोस्

Leave a Reply