काँग्रेस संयुक्त आन्दोलनमा जाँदैन: महामन्त्री कोइराला

काँग्रेस संयुक्त आन्दोलनमा जाँदैन: महामन्त्री कोइराला

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले कसैसँग मिलेर आन्दोलन गर्न नहुने बताएका छन्।

फाल्गुन पहिलो साता देखि संयुक्त आन्दोलन हुने भनेर प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरिरहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनिरहदा र आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त आन्दोलनको नेतृत्व आँफैले गर्ने दाबी गरिरहेको स्थितिमा महामन्त्री कोइरालाले संयुक्त आन्दोलनमा काँग्रेस नजाने बताएका हुन्। उनको यो भनाइलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ।

सोमबार पूर्वप्रधानमन्त्री एवं सभापति सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको ‘संकटमा संविधान विषयक’ विचार गोष्ठिमा बोल्दै कोइरालाले भने, ‘नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु हुँदैन।’

पार्टी विभाजन नगरी आफैले संयुक्त आन्दोलनको नेतृत्व गर्ने पौडेलको दाबी

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाइ छ। संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनले बताए। महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उनले बताए।

फेसबुक प्रयोग गरेर प्रतिक्रिया प्रदान गर्नुहोस्

Leave a Reply